राजनीति
सरकार र विप्लव नेतृत्व काे नेकपा बिच दुरि टाढा छ। सरकारले विप्लव नेतृत्व नेकपा बिध्वसंकारी गतिविधिमा सहभागी भएको भन्दै प्रतिबन्ध लगाएको छ।
प्रतिबन्धपछि विप्लव नेतृत्वको नेकपाका माथिल्लो कमिटी का नेता हेमन्त वलि सुदर्शन सहित करिव ६ सयकाे हाराहारीमा जेल छन्।
तर कालिकोट मा भने प्रहरी र विप्लव नेतृत्वको नेकपाबिच गाउँमा हुने बिकृति बिरुद्ध संयुक्तरूपमा काम थालेर सहकार्य गर्न थालिएको छ। विप्लव नेतृत्वको नेकपाले कालिकोट जिल्ला लाई मदिरा निशेधित जिल्ला घाेषणा गरेकाे छ।
यहि अभियानमा साथ दिन प्रहरीले विप्लवकाे युवा संगठन सग सहकार्य गरेकाे छ। देशैभरी विप्लवका नेता कार्याकर्तामाथी अनावश्यक धर्पकड भइरहदा कालिकोट मा भने उदाहरणीय कामकाे रुपमा साे सहकार्यलाइ लिन सकिन्छ।