logo मंगलबार, चैत्र ६ २०८० | Tuesday 19th March 2024

सल्यान सिद्ध कुमाख गाउँपालिकाको गाडीमा आगजनी


  • राजनीति
  • आइतबार, भाद्र २९ २०७६

सल्यान- अज्ञात समूहले गए राती सिद्ध कुमाख गाउँपालिकाको गाडीमा आगजनी गरेको छ। गाउँपालिकाको कार्यालयमा पार्किङ गरी राखिएको रा१झ १७० न गाडीमा अज्ञात समूहले शनिबार राति आगजनी गरेको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले आगजनीबाट गाडीको अगाडीको भाग पूर्णरूपमा जलेको बताए। घटनाको अहिलेसम्म कसैले जिम्मा नलिएको र कुनै शंकास्पद वस्तु पनि नभेटिएको उनको भनाइ छ।

गाउँपालिकामा जडान गरिएको सिसिक्यामेराको फुटेज हेर्ने कार्य भइरहेको र अनुसन्धान भइरहेको खतिवडाको बताए। यसअघि आफूलाई कतैबाट धाकधम्की नआएको गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले बताए।

लम्कीचुहा नगरपालिकामा आगजनी

कैलाली -लम्कीचुहा नगरपालिकामा आगजनी भएको छ । मेयर महादेव बजगाईको कार्यकक्षमा आगजनी भनेको हो।

आगजनीबाट मेयरको कार्यकक्षमा रहेका कुर्ची, टेबल, राष्ट्रिय झण्डा लगायतमा समानमा क्षति पुगेको प्रहरीले जनाएको छ । कार्यकक्षमा रहेका अन्य कागजातमा भने कुनै क्षति भएको छैन । मेयरको कार्यकक्ष बाहेक अन्य कोठामा त्यस्तो कुनै शंकास्पद कार्य नभएको बताइएको छ ।

मेयरको कार्यकक्षमै रहेको स्टेपलाइजर सर्ट भएर आगो लागेको हुन सक्ने बताए । यद्यपी आगजनी के कति कारणले भएको हो त्यसको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चन्दले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार