राजनीति
अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउद माथि गोली प्रहार भएको छ । अध्यक्ष साउदमाथि गाउँपालिकाको वडा नम्बर ३ मुजाबगरस्थित कोठामा आज साँझ गोली प्रहार भएको डिएसपी जनक शाहीले बताए।
गोली प्रहार गर्ने ३ जना फरार भएका छन्। गोली प्रहार गर्नेहरू प्रहरीले लखेट्दा लखेट्दै कैलाश खोलामा हाम फालेर भागेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको खोजी गरिरहेको छ । घाइते साउद उपचार भइरहेको बताइएको छ ।