राजनीति
रेडियो नेपाल बाट निकालिएका पत्रकारहरुको संघर्षमा साथ दिदै आएको नेपाल पत्रकार महासघका केन्द्रिय सचिव सहित ९ जना पत्रकार गिरफ्तार परेका छन ।
पत्रकार महासघका केन्द्रिय सदस्य जन्मदेव जैसीले आफ्जो फेसबुक वाल मार्फत आफुहरु गिरफ्तार भएको जनाएकाछन ।
रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत पत्रकारहरु प्रकाशबहादुर बम, चक्र कुँवर र सुनिता रावललाई बिनाकारण निष्काशन गरिएको भन्दै पुनर्वहालीको मागसहित केही पत्रकारहरु वार्ताका लागि रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारमा पुगेका थिए । सो क्रममा उनीहरु पक्राउ परेका थिए ।
‘वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न रेडियो नेपाल पुगेका नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, नेपाल प्रेस यूनियनका महासचिव अजयबावु शिवाकोटी, पत्रकार महासंघका केन्द्रीय सदस्य यम बिरही, जन्मदेव जैसी, मीन बम, नेपाल प्रेस यूनियनका केन्द्रीय सदस्य दिपिल पौडेल, पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायर, प्रकाशबहादुर बम र चक्र कुँवरलाई पक्राउ गरेका थिए।