logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

धनुषामा ज्ञानेन्द्र शाही लाई प्रवेश निषेध


  • राजनीति
  • सोमबार, भाद्र ३० २०७६

धनुषा– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल धनुषाले पनि ज्ञानेन्द्र बहादुर शाह (ज्ञानेन्द्र शाही) लाई प्रवेश निषेध गर्ने निर्णय गरेको छ । युवा संघ नेपाल धनुषाले आइतबार विज्ञप्ति जारी गर्दै शाहीलाई प्रवेश निषेध घोषणा गरेको हो ।


अध्यक्ष सरोज यादवद्वारा जारी गरिएको विज्ञप्तिमा भदौ २८ गते नेपालगञ्जस्थित एयरपोर्टमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि भएको दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाइएको छ । विज्ञप्तिमा ज्ञानेन्द्र शाहीलाई धनुषा जिल्लामा कुनै पनि प्रकारको कार्यक्रम गर्न नदिने र प्रवेश निषेध गर्ने निर्णय गरिएको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार