logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

नेकपाभित्रकाे बिवाद सडकमा केपी प्रभु / माधव मात्रिका यस्ताे छ रहस्य


  • पत्रपत्रिका
  • मंगलबार, भाद्र ३१ २०७६

सत्तारूढ दल नेकपाको मधेस पार्टी कमिटीमा विवाद देखिएको छ । शीर्ष नेताबीचको गुटका कारण प्रदेश २ मा पदाधिकारीमै विवाद छताछुल्ल भएको हो ।

पूर्वमाओवादीका प्रभु साह र मातृका यादव पक्षबीच तीव्र अन्तरविरोध छ । दुवैले पुष्पकमल दाहाललाई नेता मान्छन् ।

मधेसमा भने उनीहरु आआफ्नो समूह बनाउन क्रियाशील छन् । पूर्वएमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि मिलेका छैनन् ।

पार्टी एकतापछि ओली र साह एकातिर र यादव र नेपाल अर्कोतिर देखिएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार