logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

शुल्क बढी लिए बिधार्थी तिर्थ यात्रा जादैनन् आन्दोलन गर्छन् : कांग्रेस प्रवक्ता शर्मा


  • राजनीति
  • मंगलबार, भाद्र ३१ २०७६

चितवन मेडिकल कलेजका बिधार्थीकाे आन्दोलनप्रति एकेबद्दता जनाउदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चितवन मेडिकल कलेजले विद्यार्थीसँग तोकेको भन्दा धेरै शुल्क लिएकोमा तत्काल समाधान खोज्न सरकारसँग माग गरेका छन्।

शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक विद्रोहसँग नजोड्न आग्रह गर्दै शर्माले मंगलबार ट्वीट गर्दै भनेका छन्, ‘शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक विद्रोहसँग तार नजोड, तत्काल समाधान खोज।’

तोकेभन्दा बढी शुल्क बुझाउन दबाब दिने र अभिभावकलाई फोन गरेर तनाव दिने भएपछि विद्यार्थीहरूले शान्तिपूर्ण आन्दोलन गरेको उनको भनाइ छ। ‘तोकेभन्दा बढी शुल्क बुझाउन दबाब दिने, अभिभावकलाई तनाव दिने, सरकार गुहार्दा ध्यान नदिने?,’ शर्माले लेखेका छन्, ‘तब विद्यार्थीहरू आन्दोलनमा नगएर तीर्थयात्रामा जान्छन् र प्रधानमन्त्रीज्यू?’

दुई सातादेखि चितवन मेडिकल कलेज विद्यार्थी आन्दोलनका कारण ठप्प छ। सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलनरत छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार