logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्रचण्ड ,ओली र देउवा विरुद्धको मुद्दा विप्लवको अदालतमा

नेकपाको विद्यार्थी संगठनको राष्ट्रिय सम्मेलन फागुनमा हुने


  • राजनीति
  • शनिबार, माघ १३ २०७४

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन आगामी फागुनमा हुने भएको छ । शुक्रबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा फागुनको २७, २८ र २९ गते दाङमा हुने जानकारी दिइएको हो ।

 

पत्रकार सम्मेलनमा सम्मेलनमा सम्मेलन गर्नुभन्दा पहिले मेचीदेखि महाकाली, तथा हिमालदेखि तराईका सीमासम्म पुग्ने जागरण अभियान चलाउने बताइएको छ । सम्मेलनका तयारीको क्रममा शैक्षिक संस्थाहरुले मनपरी गरेको शुल्कबृद्धिलगायतका शैक्षिक विकृतीविरुद्ध आन्दोलन गरेर अगाडि बढने कार्यक्रम संगठनले सार्वजनिक गरेको छ ।

 

संगठनका अध्यक्ष पूर्णबहादुर सिंहले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जनअदालतमा मुद्दा हाल्ने बताएका छन् । सिंहले माफियाहरुसँग मिलेर शैक्षिक क्षेत्रलाई व्यपार गर्ने थलो बनाउन सहयोग गरेको भन्दै मुद्दा हाल्ने बताएका हुन् । उनले दलाल संसदीय व्यवस्थाले शिक्षा क्षेत्रको माफियाहरुलाई संरक्षण गरेको बताए । “यो देशमा दुईओटा सत्ता छन्, दुईओटा अदालत छन्, शैक्षिक माफिया र उनीहरुको संरक्षण गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माके अध्यक्ष प्रचण्डलगायतलाई जनअदालतमा मुद्दा हाल्छौं” सिंहले भने । उनले चुनाव हुँदैमा संक्रमणकालको अन्त्य नहुने भन्दै नयाँ संक्रमणकालको सुरु भएको दाबी गरे ।

 

पत्रकारहरुको जवाफ दिँदै अध्यक्ष सिंहले आफूहरु भारतले हस्तक्षेप गर्ने गरेको सीमा स्तम्भमा जाने र आवश्यक परे गोली थाप्ने बताए । संगठनका महासचिव दिपेन्द्र चलाउनेले आफ्नो संगठनका सम्पूर्ण सदस्यहरु आवश्यक परे जनमुक्ति सेनामा भर्ती भएर राष्ट्रियता रक्षाको लागि बन्दुक बोक्न तयार भएको बताए ।

 

हालै पर्सामा भारतीय पक्षले सीमा अतिक्रमण गरेको विषयमा राष्ट्रघाती सन्धी सम्झौताहरु खारेजको माग गरेको छ । त्यस्तै सरकारले पेट्रोल, डिजेल, ग्याँसलगायत उपभोग्यबस्तुको मूल्यवृद्धिको खारेजीको माग समेत गरेको छ । बैठकले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत नेताहरुलाई लगाइएको मुद्दा खारेज गर्न माग पनि गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार