logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

गृहमन्त्रीका भाइ १ लाख धरौटीमा रिहाई हुदै


  • राजनीति
  • बुधबार, असोज १ २०७६

गृहमन्त्री राम बहादुर थापा बादलका साइला भाइ नरेश थापालाई थुना मुक्त गर्न अदालतले आदेश दिएको छ । अप’राधिक लाभ (एक्सटर्सन) र संगठित अप’राध सम्बन्धी कसूरका आरोपित गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का भाइ नरेशलाई हिरासतमा राखेको थियो

जिल्ला अदालत, काठमाडाैंले उनलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले थापालाई छाड्न आदेश दिएको पुष्टि गरे । उनले भने, ‘अन्य प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।’

प्रकरणमा थापासँगै पवन खड्का, समिरमानसिंह बस्न्यात, सुरेन नगरकोटी बलामी, जे भन्ने जावेद अनवर दिन, शैलेश प्रजापती, विनोद लामा, विरवल भट्टराई र प्रवेश भन्ने मनबहादुर पुन मगरलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । उनीहरुमध्ये जावेद अझै फरार छन् भने बस्न्यात केन्द्रीय कारागार, सुन्धारामा छन् ।

मंगलबारै आदेश आउने भनिए पनि वकिल धेरै भएका कराण थुनछेक बहस नसकिएपछि बुधबार मात्रै आदेश आएको हो ।

अदालतको आदेशपछि नरेशलाई थुनामुक्त गर्न कागजी प्रक्रिया पूरा गरिँदैछ । ‘उहाँले रकम जम्मा गर्दै हुनुहुन्छ’, श्रेष्ठले भने ।

गुण्डा नाइके समिरमान सिंह बस्न्यातका दुई सहयोगी पवन खड्का र सुरेन नगरकोटीको नरेशसँग सम्बन्ध देखिएपछि उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको थियो ।

तर, उनी अस्वस्थताको कारण देखाउँदै वसुन्धरास्थित चिरायु अस्पतालमा राखिएका थिए ।

अदालतमा बयानका क्रममा थापाले बस्न्यातसँग आफ्नो चिनजान नभएको दाबी गरेका थिए भने उनलाई नभेटेको पनि बताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार