राजनीति
अवैध शुल्क असुली विरुद्ध आन्दोलनमा उत्रिएका कलेजका विद्यार्थीलाई फेल गराईदिने धम्की दिएको भन्दै चिकित्सा शिक्षा संघर्ष समितिले ध्यानाकर्षण भएको जनाएको छ ।
आन्दोलनरत विद्यार्थीका घरमा फोन गरेर पार्टीको संघर्ष भन्दै भ्रम छर्न खोजेको भन्दै संघर्ष समितिका अध्यक्ष प्रकाश चन्दले त्यस्तो नगर्न चेतावनी दिएका छन् ।
कलेजका प्रशासकहरुलाई ध्यानाकर्षण पत्र लेख्दै अध्यक्ष प्रकाशले अनावश्यक तनाव दिनेहरुलाई आन्दोलन मार्फत सडकमा ल्याउँने चेतावनी समेत दिएका छन् ।