राजनीति
प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले व्यापारी, उद्योगीलगायतलाई राष्ट्रियता र जनतन्त्रकाे रक्षाकाे लागि नयाँ अभियान मा साथ दिन अपिल गरेका छन् । यश अवस्थामा रहेका विप्लवद्वारा हस्ताक्षरित पत्रमा सेना र पार्टी सञ्चालनका लागि आर्थिक सहयोग गर्न अपिल गरेको छन ।
विप्लवद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘‘व्यापक सङ्घर्ष सञ्चालन गर्न, पार्टी र सेना सञ्चालन गर्न तपाईंहरुको सहयोगको सहकार्य गर्नुबाहेक हामीसँग कुनै विकल्प छैन ।’’ पत्रमा आफ्नो पार्टी कसैले पनि हराउन नसक्ने शक्तिको रुपमा स्थापित भएको दाबीसमेत गरिएको छ । राज्यले अपराधीलाई कारवाही गर्नुको साटो संरक्षण गरेपछि आफ्नो पार्टीलाई कारवाही गरिएको दाबीसमेत विप्लवको पत्रमा गरिएको छ । विज्ञप्तिमा चन्दा आतंक पार्टीले नमच्चाएको जिकिर समेत विप्लवले गरेका छन् ।
विप्लवले अगाडि भनेका छन्, ‘‘आर्थिक सहयोगले गर्दा तपाईंको केही रकम घट्छ तर यो इतिहासले माग गरेको परिवर्तनकारी आन्दोलनका लागि क्षति होइन, योगदान नै हो । यही मर्मलाई मनन् गर्दै हामीले सञ्चालन गरेको विशेष आर्थिक अभियानलाई अप्ठ्यारो नमानी सम्भव सहयोग उपलब्ध गराइदिनुहुनेछ भन्ने विनम्र अनुरोध गर्दछौं ।’’
गृहमन्त्री रामबहादुर थापाले संसदमै विप्लले जनसेना निर्माण गरेको खुलासा गरेका थिए । विप्लव स्वयंले आफ्नै पत्रमा समेत त्यसको पुष्टि गरेका छन् । गत फागुनमा सरकारले विप्लव माथि प्रतिबन्ध लगाएपछि सुरक्षा निकायले ‘सर्च एण्ड अरेस्ट’ अपरेसन चलाउँदै आएका छन् । विप्लव ले सेना निर्माण गरेपछि यकिन संख्या कति हो भन्ने जानकारी बाहिर आएको छैन ।
विप्लवले स्थानीय निकाय, उद्योगी व्यापारी लगायतलाई आर्थिक सपाेटका लागि भदाै महिनामा याे अभियान चलाइने बुझिएकाे छ ।