logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

कामचलाउ सरकारले अनावश्यक काम नगरेकै राम्रो – प्रचण्ड


  • राजनीति
  • शनिबार, माघ १३ २०७४

????????????????????????????????????

माओवादी अध्यक्ष प्रचण्डले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै  देउवा सरकारका पछिल्ला निर्णयमा नयाँ सरकारले पुर्नविचार गर्ने बताएका छन ।

सरकारका पछिल्ला निर्णयमा एमाले गरम माओवादी किन नरम भयो भन्ने प्रश्नमा प्रचण्डले भने, ‘त्यो दिन म नेपालगञ्ज र भैरहवामा थिए, केपी जीले पत्रकार सम्मेलन गर्नुपर्‍यो भन्नुभयो, म आउन ढिला भयो । तर, मैले जे कुरा भन्नु छ तपाईले भन्दा हुन्छ भनेर सहमति दिएकै थिए ।’

बाँदरमुढे घटनामा ज्यान गुमाएकालाई सहिद घोषणा गरेकोमा आपत्ति नभएको तर, कामचलाउ सरकारले अनावश्यक काम नगरेको राम्रो हुने उनले बताए ।

प्रचण्डले नयाँ सरकार गठन अघि नै पार्टी एकता गर्ने गरी छलफल अघि बढेको बताएका छन् । ‘सरकार गठन अघि नै पार्टी एकता होस् भन्नेमा छु । त्यो जनभावना अनुसार पनि हुन्छ हामीले गरेको प्रतिवद्धता अनुसारपनि हुन्छ’ उनले भने, ‘हाम्रो गम्भिर छलफल भएको छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार