आज प्रधानमन्त्री केपी शर्मा ओली संसद्का दुवै सदनलाई सम्बोधन गर्ने भएका छन् । दिउँसो साढे दुई बजे बस्ने प्रतिनिधी सभाको बैठक र त्यसपछि राष्ट्रिय सभालाई प्रधानमन्त्री ओलीद्वारा सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जाकारी दिए।
उनका अनुसार प्रधानमन्त्री ओलीले समसामयिक विषय तथा सरकारको कामका’रबाहीप्रति सांसदहरुले उठाएका जिज्ञासाको ज’वाफ दिने छन् । यसअघि प्रधानमन्त्रीले गत १ भदौमा प्रतिनिधि सभामा सम्बोधन गरेका थिए।
सिंगापुरमा उपचार गराएर फर्किएपछि बुधबारदेखि सार्वजनिक कार्यक्रममा सक्रिय भएका ओलीले आफ्नो उपचारको बारेमा पनि सदनलाई जानकारी गराउने बताइएकाे छ । आज बस्ने प्रतिनिधि सभा बैठकमा शून्य र विशेष समय भने हटाइएको छ।