logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

केपीलाइ, किराँतीको चेतावनी पत्र ‘विप्लव’ माथिकाे प्रतिबन्ध तुरुन्तै हटाउनुस


  • राजनीति
  • शनिबार, असोज ४ २०७६

गाेपाल किरातीले नेतृत्व गरेकाे नेकपा (माओवादी केन्द्र) ले संविधान पुनर्लेखनको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई १८ बुँदे चेतावनी पत्र पठाएका छन् । माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले संविधान पुनर्लेखन का लागि ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न १८ बुँदे चेतावनी बुझाएका हुन् ।

अध्यक्ष किरातीले संविधानको समाजवादी पुनर्लेखनबारेको चेतावनीपत्रमा वर्तमान संविधानले समाजवाद उन्मुख स्वरुप मात्रले नेपालको राष्ट्रिय स्वाधीनता, पहिचान आधारित जनवाद र जनजीविकाको अग्रगामी नेतृत्व दिन असक्षम ठहरिएको उल्लेख गरेका छन् । किरातीले डबल नेकपाको सरकारद्वारा थोपरिएको भ्रष्टाचार, राष्ट्रघात, फाँसिवादका ज्यादतीहरु देश र जनताका निमित्त भयानक संकट बनिरहेको जनाएका छन् ।

संविधानको कमजोरी र सरकारी ज्यादतिद्वारा उत्पन्न प्रतिक्रान्तिकारी संकट सामना गर्ने जमर्को गरिरहेका विभिन्न कम्युनिष्ट शक्तिहरुमध्ये विप्लव नेकपाविरुद्ध सरकारी प्रतिबन्ध र हत्या श्रृंखलाले संविधानको औचित्यमाथि नै गम्भीर प्रश्न खडा गरेको किरातीले उल्लेख गरेका छन् ।

यस्ता छन मागहरु

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार