logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

यी हुन नेकपाका महानगर का इन्चार्ज र सचिव


  • राजनीति
  • शनिबार, असोज ४ २०७६

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशभरका छ वटा महानगरमा पार्टीका अध्यक्ष र सचिव मनोनित गरेको छ।

शनिबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले काठमाडौं महानगरको अध्यक्षमा निर्मल देउला र सचिवमा रवीन्द्र श्रेष्ठलाई मनोनित गरेको छ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार ललितपुर महानगरमा अध्यक्ष मन्जली शाक्य र सचिव ज्ञानेन्द्र शाक्य मनोनित भए।

पोखरा महानगरको अध्यक्षमा दीपक पौडेल र सचिवमा विश्वप्रकाश लामिछाने, भरतपुर महानगर अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिव ईश्वर सापकोटा भएका छन्।

यस्तै, सचिवालय बैठकले वीरगंज महानगरको अध्यक्षमा रोहवर अन्सारी र सचिवमा विश्वम्बर शर्मा मनोनित भए भने विराटनगर महानगरमा अध्यक्ष सागर थापा र सचिव हेम कार्की मनोनित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

‘बाँकी सांगठनिक कामहरू छिट्टै बस्ने सचिवालय बैठकले टुंगो लगाउँने प्रवक्ता श्रेष्ठ ले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार