logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कार्यकर्ता बढाउन र फकाउन पदक


  • पत्रपत्रिका
  • आइतबार, असोज ५ २०७६

सरकारले संविधान दिवसको अवसर पारेर घोषणा गरेको पदक विवादरहित बन्न सकेन।

राष्ट्रिय जीवनमा ख्याति कमाएका व्यक्तिलाई वितरण गर्नुपर्ने पदक अधिकांशतः कुनै योगदान नै नपुर्याएका व्यक्तिलाई दिइयो, कार्यकर्ता बढाउन र फकाउनका लागि यसको दुरुपयोग भयो भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरिएको छ।

संविधान दिवसको अवसर पारेर घोषणा गरिएको पदक पाउनेहरूको सूचीमा ख्यातिप्राप्त व्यक्तिको नाम नै नभएको चाहिँ होइन, मदनमणि दीक्षितजस्ता साहित्यकार र पत्रकारलाई पनि सरकारले नसम्झेको चाहिँ होइन।

तर, ९५ प्रतिशत पदक कार्यकर्ता बढाउन र आफ्नो दलप्रति आकर्षित गर्ने प्रयोजनले व्यक्तिको चयन गरिएको छ। पूर्वमुख्यसचिव विमल कोइरालाले राज्यले वितरण गर्ने पदक पद्धतिमा सुधार आउन नसकेका कारण यसमा विवाद सिर्जना भएको टिप्पणी गरेका छन्। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार