राजनीति
सरकार द्धारा प्रतिबन्धित नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रोल्पाले युवाहरुको मार्च पास गरेको छ । विप्लवको गाउ इरिबाङ्गमा आज एक कार्यक्रम आयोजना गरी युवाको प्रदर्शन तथा अभियानको उद्धघाटन गरेको छ ।
बैज्ञानिक समाजवादका लागी संगठन सुढृढ तथा बिस्तार अभियान-२ अन्तर्गत युवाहरुको अभियान सन्चालन गरेको जनाएको छ । ३ महिना सम्म चल्ने अभियानमा जनताका जनजिविका बिषय देखी दलाल विरुद्धको भण्डाफोर अभियान रहेको जिल्ला सेक्रेटरी मानवले जानकारी दिएकाछन ।
युवाको अभियानले दलाल भ्रष्टलाइ गाउ गाउ बाट लखेट्ने भन्दै यसको निशाना भनेको दलाल एब भ्रष्टचारी बनाउने नेकपा रोल्पाको दाबी छ । यो अभियान दलाल विरुद्ध युवाहरुलाइ परिचालन गर्ने हो अभियान भन्दै नेकपा रोल्पाले ३०० बढी युवाहरुको मार्च पास प्रदर्सन सहित संघर्षको घोषणा गरेको छ ।
अभियानले जिल्ला भित्रका दलाल एब भ्रष्टाचारीको सुची तयार गरेर कार्वाहीलाइ तिब्र बनाउने योजना रहेको नेकपा रोल्पाले जनाएको छ । अभियान उद्धघाटनमा बोल्दै जिल्ला सेक्रेटरी मानवले अब दलाल र भ्रष्ट लाइ केन्द्रित गरेर संघर्ष संचालन गर्न निर्देशन दिएको स्रोतको दाबी रहेको ।
युवा संगठनले तीन महिने अभियान संचालन गर्ने जनाएको छ् अभियान अवधी भरमा प्रचारप्रसार लाई तिव्र बनाउदै दलाल र भ्रष्ट केन्द्रित संघर्ष संचालन गर्ने जनाएको छ ।