logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

ब्रेकिङ्ग : विप्लवका उपत्यका इन्चार्ज ‘हितमान’ गिरफ्तार


  • राजनीति
  • मंगलबार, असोज ७ २०७६

सरकार द्धारा प्रतिबन्धित नेत्र बिक्रम चन्द  विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका विशेष ब्युराे इन्चार्ज नबिन बिश्वकर्मा हितमान लाइ हिजाेे राती प्रहरीले ललितपुर बाट गिरफ्तार गरेकाे स्रोतले जनाएको छ ।

पुर्व स्थानीय राज्यमन्त्रि समेत रहेका बिश्वकर्मालाइ हिजाे राति प्रहरीले पक्राउ गरेकाे हाे । नेता नबिनले विप्लव नेतृत्वको केही समय अघि मात्रै नेकपाकाे उपत्यका बिशेष ब्युराेकाे जिम्मेवारी समालेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका विशेष व्यूरो इन्चार्ज नविन विश्वकर्मा र बटला गिरफ्तार परेका हुन। प्रहरी प्रशासनले सोमबार दिउँसो विश्वकर्मा र बटलालाई गिरफ्तार गरी वेपत्ता गरेको समाचार प्राप्त भएको छ ।

प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले बिकलाई ललितपुरबाट गिरफ्तार गरेको हो । तर प्रहरीले भने औपचारिक रुपमा अहिलेसम्म केही बताएको छैन ।

नेकपाले बिक र बटलाको गिरफ्तारीबारे औपचारिक रुपमा केही नबताए पनि गिरफ्तार गरेर बेपत्ता पारेको बताउँदै सार्वजनिकको लागि मानव अधिकार, संचारमाध्यमहरुसँग आग्रह गरेको छ ।

सरकारले प्रतिबन्ध लगाए यता विप्लव नेकपाका करिव ८ सय बढी नेता कार्यकर्ता अहिले पनि जेलमा छन् । नेकपाका तेर्साे बरियताका नेता हेमन्त वलि सुदर्शन पाेलिटब्युराे सदस्य भरत बम केन्द्रीय सदस्यहरु माइला लामा, प्रज्वलन, बन्धु चन्द लगायतका ६ सय बढी नेताहरु कर्याकर्ता विभिन्न मुद्दामा जेल र हिरासतमा रहेको नेकपाले जनाउदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार