logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

फेरि क्रान्तिको विकल्प छैन : भट्टराई


  • राजनीति
  • मंगलबार, असोज ७ २०७६

समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले देशमा क्रान्ति अझै नसकिएको बताएका छन् । जिल्ला समायोजन घोषणा कार्यक्रमका लागि अझै नसकिएको बताएका छन् । जिल्ला समायोजन घोषणा कार्यक्रमका लागि सिन्धुलीमाडी आइपुगेका अध्यक्ष भटराईले सत्तासीन व्यक्तिहरूले राजा महाराजाको जस्तो व्यवहार देखाएको दाबी गरे ।
यस्तो व्यवस्था परिवर्तन गर्न पुनः क्रान्तिको विकल्प नरहेको उनको भनाइ छ।

लामो बलिदान, त्याग र संघर्षपछि व्यवस्था परिवर्तन भए पनि सत्तामा पुगेका केही व्यक्ति आम जनताको हितभन्दा पनि चरम भ्रष्टाचार गर्ने, आसेपासेहरूलाई पोस्ने र संघीयता धरापमा पार्ने काममा लागेको उनको आरोप छ।

देश संघीयतामा गए पनि यसको सही कार्यान्वयन नभएको उनले बताए। नेपाल बहुजाति, बहुभाषा भएको देश भए पनि अधिकांश एउटै जातिको मात्रै नेतृत्व तहमा वर्चस्व रहेको उनको भनाइ छ।

सिन्धुलीमा पनि नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको समायोजन भएको छ। मोदनाथ तिमल्सिनाको अध्यक्षतामा १ सय ५१ सदस्यीय कार्य समिति गठन भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार