logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

लुटको राज चलाउने सपना नदेख, शक्तिशाली प्रतिरोधको सामाना गर्न तयार हुनु : प्रकाण्ड


  • राजनीति
  • मंगलबार, असोज ७ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टीका काठमाडौँ उपत्यका इन्चार्ज तथा केन्द्रीय सदस्य नवीन विश्वकर्मा ‘हितमान’ र भीम बटालालाई प्रहरीले ६ गते गिरफ्तार गरेकोमा तत्काल रिहा नगरिए शक्तिशाली प्रतिरोधमा उत्रिने चेतावनी दिएको छ ।

पार्टी प्रवक्ता प्रकाण्डले मङ्गलबार साँझ विज्ञप्ति प्रकाशित गर्दै भनेका छन्, ‘सामाजिक दलाल पुँजीवादको नाइके भ्रष्टाचारी, दलाल, कमिसनखोर, ह’त्यारो, सार्वजनिक जग्गा हड्पेर खाने तुच्छ, राष्ट्रद्रोही केपी–बादल सरकारले असोज ६ गते ललितपुरबाट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौँ उपत्यका इन्चार्ज नवीन विश्वकर्मा ‘हितमान’ र भीम बटालालाई गिरफ्तार गरेको छ । पार्टी त्यसप्रकारको सरकारी ज्यादती र हिं’सा भड्काउने हर्कतको नि’न्दा र भत्र्सना गर्दछ ।’

विज्ञप्तिमा भनिएको छ, ‘दलाल फासिवादी सरकार दमन र ह’त्या गरेर क्रान्तिकारी र देशभक्त शक्तिले आत्मसर्मण गर्लान् र लुटको राज निष्कन्टक चलाइरहन पाइएला भन्ने भयानक भ्रममा छ । हाम्रो पार्टी कमरेड हितमानसहित सम्पूर्ण आस्थाका बन्दीहरूलाई बिनासर्त रिहा नगरे शक्तिशाली प्रतिरोध गर्नेछ र त्यसबाट उत्पन्न परिणामको जबाफदेही वली नेतृत्वको दलाल सरकार नै हुुनुपर्नेछ ।’ विज्ञप्तिको पूर्णपाठ…

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार