राजनीति
बिगत केहि महिना देखी बन्दी जिवन बिताइरहेका नत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिट्ब्युरो सदस्य भरत बम राणबिरलाइ कारागार भित्र नै कुटपिट भएको नेकपाले जनाएको छ ।
जेल भित्र बाटै लागु औषध ओसारपसारकाे विरुद्ध बाेलेकाे भन्दै नेपालगञ्जकाे कारागार भित्र आस्थाका बन्दी कम्युनिस्ट पार्टीका पाेलिट ब्युरो सदस्य भरत बम ‘रणवीर’ लाई विभिन्न लागुऔंषध तथा तस्करीमा संलग्न कैदीहरुले कुटपिट गरेका छन् ।
कारागार हेर्ने अधिकृत सरहको जेलर भरतराज पाण्डेकै मिलिमताेमा त्यहीका चाैकीदार भरत फडेरा र कारागारभित्र राषन तथा सामान ओसारपसार गर्ने मान बहादुर शाहीले कारागारभित्र लागुऔषध ओसारपसार गरिरहेको थाहा पाएपछि त्यसको विरुद्धमा रणवीरले बाेलेको कारणले उक्त घटना भएको नेकपा स्रोतले जनाएको छ ।
लागु औषध ओसारपसारमा मिलिमताे रहेका जेलर भरतराज पाण्डेकाे निर्देशनमा कारागारका चाैकीदार भरत फडेरा र कारागारभित्र राषणपानीसँगै लागु औषध ओसारपसार गर्ने मान बहादुर शाहीकाे संलग्नतामा कैदी शेर बहादुर कसेरा, गगन शाही, नमराज केसी लगायतले लागु औषध ओसारपसारकाे विरुद्धमा बाेलेकाे भन्दै उनि माथि कुटपिट गरेका छन् ।
शुक्रबार साँझतिर कारागारभित्र कारागार हेर्ने जेलर, चाैकीदारसहितको मिलिमताेमा अरु कैदीहरुलाई लगाएर रड समेत प्रयोग गरेर नेकपा नेता रणविरलाई कुटपिट गरिएको र अहिले त्यहाँ कसैलाई पनि बाेल्न र रणवीरसँग भेट गर्न नदिइएको पनि बताइएको छ ।
कारागार हेर्ने जेलर, चाैकीदारसहित नै कारागारभित्र राषन पानीसँगै लागु औषध ओसारपसार गर्नेहरूको मिलिमताेमा लागु औषध किन बेच भएको भन्दै त्यसको विरुद्ध बाेलेकाे भरमा नेपाल कम्युनिस्ट पार्टीका पाेलिट ब्युरो सदस्य रणवीरलाई कुटपिट गरिएकाे स्रोतको दाबी रहेको छ । त्यसैले अहिले रणवीरको अवस्था र उक्त घटनाकाे छानबिनका लागि सम्बन्धित प्रशासन, मानव अधिकारवादी, नागरिक समाज लगायत आम नागरिकको गम्भीर चासो र चिन्ता बढेको छ ।