राजनीति
सत्तारूढ दल नेकपा निकटका युवा तथा विद्यार्थीहरुको आक्रमणबाट घाइते भएका ज्ञानेन्द्र शाहीलाई थप उपचारको लागि काठमाडौँ पठाइएको छ । चितवन प्रहरीको सहयोगमा एम्बुलेन्समा राखेर शाहीलाई काठमाडौँ पठाइएको हो ।
उनको टाउकोमा चोट रहेको प्रहरीको भनाइ छ । नेपालका लागि नेपालीको अभियानमा भरतपुर चौबिसकोठीमा हुने सभामा भाग लिन आएका शाहीलाई गाडीभित्र गणतन्त्रवादी विद्यार्थीहरुले आक्रमण गरेका थिए । उनी सहभागी हुने सभालाई समेत विद्यार्थीहरुले बिथोलिदिएका थिए ।