राजनीति
पोखरा- सिंहजस्तो गर्जिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई कांग्रेसले सिकारी भएर ढालिदिने भन्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले चेताएे दिएका छन्।
शनिबार काठमाडौंमा पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा थापाले सिंहजस्तो गर्जिने लाई सिकारी बनेर ढालिदिने बताएका हुन। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा सिंहजस्तो भएको बताएपछि उनले भने, ‘हिजो प्रचण्डले भन्नुभयो, हामी अब केही वर्षभित्रमा नेपालमा एउटा मात्र पार्टी रहने अवस्था बनाउनेछौं। सिंहजस्तो गर्जनेछौं भनेर सार्वजनिक कार्यक्रममा बोल्नुभएको छ। सिंहजस्तो गर्जिने नेकपालाई कांग्रेस सिकारी भएर ढाल्छ भन्ने तागत हामीले राख्न सक्नुपर्छ।’