राजनीति
नेपाल कम्युनिस्ट पार्टीले देशलाइ दाउमा राखेर केही राजनीतिक दलका ब्यत्तीहरुको स्वार्थ पुर्ती गर्न खोजेको भन्दै सचेतता पुर्वक प्रतिरोध गर्ने वेला आएको संकेत गरेको छ । काठमाडौमा आयोजित एकीकृत जनजागरण अभियानको उद्घाटन गर्दै नेकपाका केन्द्रिय सदस्य आजाद केसिले उक्त कुरा बताएकाहुन ।
संसदवादी दलहरुले मुलुकलाइ अस्थिर र थप जटिलता तिर लान पछिल्ला चुनावहरु गरेको तर्क राख्दै चुनावको बम पड्काउनु वाध्यात्मक भएको तर्क पेश गरेकाछन । उनले भने जब सत्ताशिनहरुले जनताको न्यायपुर्ण माग सुन्न तयार हुदैनन् तब जनता सग बमगोला बाहेक सुनाउने विकल्प नहुने कुरा बताए ।

पछिल्ला निर्वाचनमा जे जस्ता आश्वासन दिएर जनता बाट मत लिएको भएता पनि चुनाव सकिएको भोलिपल्ट बाट नै जनतालाइ थप सास्ती थोपरेको आरोप लगाएका छन । उपत्यका लगाएत मुख्य शहरहरुमा देखिएको प्रदुषण एब बेथिति हटाउन पहल नगरेको प्रती प्रश्न उठाउदै अब यसको हिसाव जनताले गर्नु पर्नेमा जोड दिएकाछन । अब नेकपाले शहर सफा गर्न कुचो लिएर सडकमा आउने र आवश्यकता पर्दा मुलुकको राजनीति सफा गर्न राफल बोक्न सक्ने तिर समेत संकेत गरेका थिए ।