logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

प्रतिबन्ध छिचोल्दै क्रान्तिकारीका ३ जिल्ला सम्मेलन सम्पन्न


  • राजनीति
  • सोमबार, असोज १३ २०७६

सरकार द्धारा प्रतिबन्धित नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) महाकाली ब्युरोले जिल्ला सम्मेलन मार्फत संगठनात्मक गतिविधिलाइ तीव्रता अगाडी बढाएको छ ।

सरकारको प्रतिबन्धलाइ चुनौती दिदै क्रान्तिकारी महाकालीले जिल्ला सम्मेलनहरु भब्यतापुर्वक सम्पन्न गर्दै आएको छ । क्रान्तिकारीका केन्द्रिय नेता बिरेन्द्र शाहको जिम्मेवारीमा रहेको कार्यक्षेत्रमा पछिल्लो समय सगठनात्मक गतिविधिले एक उचाइ प्राप्त गरेको क्रान्तिकारी स्रोतले जनाएको छ।

पछिल्लो समय महाकाली ब्युरो अन्तगर्त ३ जिल्लाका सम्मेलन हरु समपन्न भएको छ । महाकालीका कैलाली,बझाङ र बैतडीका सम्मलेनहरु सम्पन्न गरेको छ ।

तिन जिल्लाका सम्मेलन यस्तो रह्यो टिम यस्तो बन्यो

१. बैतडीअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी )
जिल्ला समिती बैतडी
मिति : २०७६-०६-१३
विषय : प्रेस विज्ञप्ति

केपि बादल कम्पनीको दमन धरपकड र प्रतिबन्ध लाई चिर्दै अखिल ( क्रान्तिकारी ) बैतडीको जिल्ला भेला भव्यतापुर्वक सम्पन्न गरेका छौ । जिल्ला भेलाले शिक्षा क्षेत्रमा हुने अनियमितता , भ्रष्टाचार र विकृति विसङ्गतीका विरुद्धमा निरन्तर संघर्ष गर्ने निर्णय सहित सुरेन्द्र धानुकको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरिएको जानकारी यसै प्रेस विज्ञप्ति मार्फत सम्प्रेषण गर्दछौं। साथै नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलन जस्तो सुकै चुनौती मोल्न र आवश्यक परे बलिदान दिने प्रतिबद्धता व्यक्त गर्दछौं ।
क्रान्तिकारी अभिवादन सहित !
सुरेन्द्र धानुक
अध्यक्ष

२.बझाङ

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी )
जिल्ला समिती बझाङ
मिति : २०७६-०६-१२
विषय : प्रेस विज्ञप्ति

कथित कम्युनिस्टहरु द्वारा संचालित दलाल सरकारले लगाएको प्रतिबन्ध लाई खारेज गर्दै – शैक्षिक विकृती विसङ्गतीका विरुद्धमा हाम्रो आन्दोलन !
वैज्ञानिक समाजवादी शिक्षाका लागि ८ औं जिल्ला सम्मेलन !!
भन्ने मुल नारा सहित अखिल ( क्रान्तिकारी ) बझाङको ८ औं जिल्ला सम्मेलन भव्यतापुर्वक सम्पन्न गरेका छौ । जिल्ला सम्मेलनले शिक्षा क्षेत्रमा हुने भ्रष्टाचार र शैक्षिक विकृतिका विरुद्धमा निरन्तर संघर्ष गर्ने निर्णय सहित विनोद थापाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरिएको जानकारी यसै प्रेस विज्ञप्ति मार्फत सम्प्रेषण गर्दछौं। साथै सम्मेलन सफल पार्न सहयोग गर्नुहुने सबैमा हृदय देखि हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।
क्रान्तिकारी अभिवादन सहित !

अध्यक्ष
विनोद थापा

३.कैलाली

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी )
जिल्ला समिती कैलाली
मिति : २०७६-०६-०६
विषय : प्रेस विज्ञप्ति

“शैक्षिक विकृति विसङ्गतीका विरुद्धमा हाम्रो आन्दोलन !
वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि २१ जिल्ला सम्मेलन !!
भन्ने मुल नारा सहित “हाम्रो महान तथा गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) कैलालीको हालसालै २१औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । कथित कम्युनिस्टहरु द्वारा संचालित दलाल सरकारले लगाएको प्रतिबन्ध लाई खारेज गर्दै जिल्ला सम्मेलन भव्यतापुर्वक सफल गरेका छौ । जिल्ला सम्मेलनले शैक्षिक क्षेत्रको आमूल रुपान्तरणका लागि निरन्तर संघर्ष गर्ने निर्णय सहित पदम काफ्ले लाई अध्यक्षमा निर्वाचित गर्दै उपाध्यक्षमा सुवास जोशी , सचिवमा महेश पातली , कोषाध्यक्षमा तेज शाही लगायत २५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरिएको जानकारी यसै प्रेस विज्ञप्ति मार्फत सम्प्रेषण गर्दछौं। साथै सम्मेलन सफल पार्न सहयोग गर्नुहुने संबंधित सबैमा हृदय देखि हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत सम्पुर्ण सहयोगको अपेक्षा व्यक्त गर्दछौ
क्रान्तिकारी अभिवादन सहित !
पदम काफ्ले
अध्यक्ष

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार