logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सभामुखको चस्मा उहासग नै छ त्यस्तो जुत्ता लगाउनुहुन्न, यो षड्यन्त्र हो : सल्लाहकार


  • राजनीति
  • सोमबार, असोज १३ २०७६

संघिय संसदका सभामुख कृष्णबहादुर महरामाथि गम्भीर आरोपमा लागेको छ । संसद सचिवालयमै कार्यरत एक कर्मचारीले सभामुखबाट आफूमाथि यौ’न दु’र्व्यवहार भएको आरोप लगाए पछि उनका प्रेस सल्लाहकार डिल्ली मल्लले एक प्रेस बिज्ञप्ती जारी गरेकाछन ।

सभामुख उक्क्त बिषयमा कुनै पनि तरिकाले नमुछिएको भन्दै  आइतवार दुइ बजे पछि निवास बाहिर ननिस्किएको समेत दाबी गरेकाछन । जारी बिज्ञप्तीमा महराले मिडियामा आए जस्ता त्यस्तो जुत्ता नलगाउने र उनको चश्मा उनै सग रहेको पुष्टि समेत गरेकाछन ।

जारी बिज्ञप्तीमा बन्दुकले ढाल्न नसके पछि कठपुतली खडा गरि चरीत्र ह”त्या गर्न खोजीएको भन्दै उक्त्त कार्यको ठाडो बिरोध गरेकाछन।

प्रेस सल्लाहकारको बिज्ञप्ती

सभामुख महरामाथिको गुनासो नयाँ बानेश्वरस्थित प्रहरी वृत्तमा पुगे पनि लिखित जाहेरी भने परेको छैन । मिडियाको सम्पर्कमा आएकी संसदकी कर्मचारीले असोज १२ गते आइतबार साँझ सभामुख महराले आफूमाथि  आफ्नै फ्ल्याटमा जबर्जस्ति .. गरेको आरोप लगाएकी छन ।

उनले सभामुख महरासँग आफ्नो श्रीमानका कारण पहिलेदेखि नै चिनजान रहेको र कोठामा आउने–जाने पनि हुने गरेको बताउँदै आइतबार साँझ आफू दुव्र्य’वहारको शि’कार भएको दाबी गरिन् ।

दुर्व्य’वहार पछि आफूले प्रहरी बोलाएको र प्रहरी आउनुअघि नै सभामुख महरा बाहिरिएको उनले मिडियामा बताइएकीछन ।

प्रहरीले आफ्नो कोठाको तत्कालीन अवस्थाको फोटो र भिडियोसमेत खिचेर लगेको ती कर्मचारीको भनाइ छ । बानेश्वर प्रहरीले भने यसबारे कुनै जाहेरी नआएको भन्दै प्रतिक्रिया दिन अश्वीकार गरेको छ ।

सभामुख महरा भन्छन्– उहाँले समायोजनको रीस पोख्नुभएको मात्र हो

सभामुख महराले भने आफूमाथिको आरोप निराधार भएको अनलाइनखबरलाई बताए । कर्मचारीले समायोजनमा परेपछि आफूमाथि रीस पोखेको सभामुख महराले स्पष्ट पारे ।

‘तपाईमाथि त गम्भीर आरोप लागेको सुनियो, यो लफडा के हो ?’ अनलाइनखबरको प्रश्नमा सभामुख महराले भने, ‘यो केही होइन, समायोजनमा बाहिर सरुवा गरिदियो, यहीँ यतै जसरी पनि मिलाइदिनुपर्‍यो भन्ने वहाँ, तर अब समायोजन गर्छ सामान्य प्रशासनले । यता कुनै दरबन्दी छैन स्वास्थ्यको । यसैमा उहाँले हाम्रोचाहिँ ऊ गर्ने भनेर बोल्नुभयो, मैले नआत्तिनोस् फेरि काजमा ल्याउँला नि पछि, भन्या त्यही हो ।’

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार