logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

नेकपा स्याङ्जाका तत्कालीन सेक्रेटरी पराजुली सहित तीनलाई सिडियो छोड्ने प्रहरी पक्राउ गर्ने


  • राजनीति
  • बुधबार, असोज १५ २०७६

६ महिना भन्दा बढी समय प्रहरी हिरासतमा रहेका ने।क।पा। (विप्लव समर्थित) स्याङ्जाका सेक्रेटरी गोकुल पराजुली, स्याङ्जा जिल्ला सदस्य सागर अर्याल र कास्कीका मजदुर नेता गोविन्द ओली ‘सविन’लाई आज जिल्ला प्रशासन कार्यालय कास्कीले रिहा गरे पनि प्रहरीले पुन: पक्राउ गरी दमौंली प्रहरी चौकीमा लगेको छ ।

बिना पक्राउ पूर्जी प्रहरीले जिल्ला प्रशासन कार्यालय कास्कीको गेटबाट यसरी पक्राउ गरेको थियो ।झुट्ठा मुद्दा खेपिरहेका विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाका तात्कालीन सेक्रेटरी गोकुल पराजुली, स्याङ्जा जिल्ला सदस्य सागर अर्याल र कास्कीका मजदुर नेता गोविन्द ओली ‘सविन’लाई जिल्ला प्रशासन कार्यालय कास्कीले असोक १३ गते ४ दिनको म्याद पुन: थपेको थियो ।गत भदौको अन्तिम साता उनीहरुलाई स्याङ्जा जिल्ला अदालतले निर्दोष भन्दै साधारण तारेखमा छाडेको भए पनि प्रहरीले फेरी पक्राउ गरी पोखरा ल्याएर मुद्दा चलाएको थियो।

उनीहरुलाई प्रहरीले वडा प्रहरी कार्यालय बैदाम पोखरामा राखेको थियो।जिल्ला अदालतको आदेश बमोजिम साधारण तारेखमा छुटेका कास्की पोखरा महानगरपालिकाका जिल्ला इन्चार्ज गोकुल पराजुली, पश्चिम रुकुम त्रिवेणी गाउँपालिकाका गोविन्द ओली र भीरकोट नगरपालिकाका स्याङजा जिल्ला कमिटी सदस्य सागर अर्याललाई फागुन १० गते राती वालिङ नगरपालिका १२ मा रहेको एनसिएलको टावरमा बम विस्फोट र फागुन ३० गते पुतलीबजार नगरपालिका–४ भालुपहाडमा नक्कली बम राखेको आरोपमा पक्राउ गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार