logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

सरकार सङ्ग रिसाए बाबुराम ,राष्ट्रपति सीसँग भेट नगराएपछी लेखे यस्तो स्टाटस…..


  • राजनीति
  • आइतबार, असोज २६ २०७६

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपतिसँग मधेश केन्द्रित दलका नेताहरुको भेटघाट नगराएको भन्दै असन्तुष्टि जनाएका छन्।

दुई दिने राजकीय भ्रमण सकेर चिनियाँ राष्ट्रपति फर्किएको केही समयपछि भट्टराईले ट्विटर मार्फत् असन्तुष्टि व्यक्त गरेका हुन्। नेपालमा रहँदा राष्ट्रपति सीले नेकपाका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग मात्र एक्लाएक्लै भेट गरेका थिए।

भट्टराईले ट्विटरमा लेखेका छन् ‘उत्तरी छिमेकका राष्ट्रपतिलाई मधेस केन्द्रित वा आधार भएका दलका नेताहरुसँग पनि भेटाउनुपर्थ्यो, अन्यथा उत्तरी छिमेकीले हिमालपहाड र दक्षिण छिमेकीले मधेसतराई मात्र हेर्ने गलत परम्परा बस्न र भावनात्मक दुरी बढ्न सक्छ, भविष्यमा यस्ता संवेदनशीलतामा ध्यान पुगोस्।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार