logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

स्वर्गीय गिरिजालाई सम्झदै प्रचण्डले भने “कांग्रेस सँग सहयात्रा र सहकार्य हुन्छ”


  • राजनीति
  • सोमबार, असोज २७ २०७६

पोखरा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग फेरि सहकार्य हुन सक्ने बताएका छन।

नेपाली कांग्रेसद्वारा आइतबार आयोजित चियापान कार्यक्रममा अध्यक्ष दाहालले भने ‘मैले कांग्रेसको मनोबल विगतमा भन्दा बढ्दै गएको देखेको छु’ चियापानमा उहाँले भन्नुभयो, ‘राजनीति यस्तै हो, असम्भव भन्ने केही छैन । हेर्दै जाउँ, अब राजनीतिले कस्तो कोल्टे फेर्छ ? कांग्रेससँग परि सहयात्रा र सहकार्य हुन सक्छ ।’

अध्यक्ष दाहालले माओवादी शान्ति प्रकृयामा ल्याउन र मुलुकमा संविधानसभाको घोषणा हुनुमा आफ्नो र स्वर्गीय गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण भूमिका रहेको उल्लेख भयो ।

‘मुलुकमा ठूलो राजनीतिक परिवर्तन भयो, संविधानसभाबाट बनेको संविधानले जनतालाई सार्वभौम बनाएको छ’ उहाँले भन्नुभयो, ‘स्वर्गीय गिरिजाप्रसाद कोइरालाजी र मबीचको सहकार्यले नै यो सम्भव भएको हो । यसको प्रमाणित भइसकेको छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार