logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेकपा रोल्पाको बिज्ञप्ती राज्यको ‘रेबिज लागे जस्तो ब्यवहार भए अन्त्य गरिदिने चेतावनी’


  • राजनीति
  • मंगलबार, असोज २८ २०७६

नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रोल्पाले आफ्नो सत्ता र सरकारको असफलताको रामलीला च्यादरले ढाक्न पार्टीका नेता–कार्यकर्तालाई धरपकड, गि’रफ्तार, दमन र ह’त्याको हर्कत गरिरहेमा सङ्घर्षमा उत्रिने चेतावनी दिएको छ । जिल्ला सेक्रेटरी मानवले विज्ञप्ति प्रकाशित गरी आफ्नो पारिवारिक भेटघाटमा गएको समयमा पार्टीको रुन्टीगढी गाउँपालिका इन्चार्ज तथा दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष पूर्णबहादुर विक ‘सेवक’लाई यही २३ गते गरिएको गि’रफ्ता’रीप्रति घोर भत्र्सना गरेका छन् ।

उनले सेवकको बिनासर्त र यथाशीघ्र रिहाइको माग गर्दै अन्यथा पार्टीका सामु सङ्घर्षको विकल्प नरहेको र त्यसबाट उत्पन्न क्षतिको जिम्मा स्वयम् राज्यले लिनुपर्ने चेतावनी पनि दिएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी सामाजिक फासिवादी शासन गरिरहेको दलाल पुँजीवादी व्यवस्थाको विकल्पमा सबैखाले उत्पीडनबाट मुक्त, स्थायी शान्ति, समृद्ध र विकास भएको मानव समाजको उत्कृष्ट वैज्ञानिक समाजवादी व्यवस्था हुँदै साम्यवादी व्यवस्थाकालागि अनवरत रूपमा सङ्घर्ष गरिरहेको कुरा सर्वविदितै छ ।’

अगाडि भनिएको छ, ‘हाम्रो पार्टीको राजनीतिक, वैचारिक, साङ्गठनिक तथा सांस्कृतिक श्रेष्ठता बढ्दै जानु र त्यसमा नेपाली जनताको अपार माया बढ्नुले केपी–बादलको गृह प्रशासन र त्यसका केही पिछलग्गुहरू रेबिज रोगबाट ग्रस्त कुकुरहरू जस्तै जे भेट्यो त्यसलाई टोकिरहेका छन् । रो’गबाट ग्रस्त कुकुरहरूको मृ’त्यु निश्चित छ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘आफ्नो सत्ता र सरकारको असफलताको रामलीला च्यादरले ढा’क्न हाम्रो पार्टीका नेता–कार्यकर्ताहरूलाई धरपकड, गि’रफ्तार, दमन र ह’त्या’सम्मको ह’र्कत गरिरहेको छ । यसै सन्दर्भमा आफ्नो पारिवारिक भेटघाटमा गएको समयमा हाम्रो पार्टी रुन्टीगढी गाउँपालिका इन्चार्ज तथा दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष क. पूर्णबहादुर विक ‘सेवक’लाई मिति २०७६ असोज २३ गते गरिएको गिरफ्तारीप्रति हाम्रो पार्टी घोर भत्र्स’ना गर्नुका साथै यथाशीघ्र बिनासर्त रिहाइकालागि जोडदार माग गर्दछौँ । अन्यथा हाम्रा सामु सङ्घर्षको विकल्प छैन र त्यसबाट उत्पन्न क्षतिको जिम्मा स्वयम् राज्य नै हुने कुरा यसै विज्ञप्तिमार्फत जानकारी गराउँछौँ ।’ विज्ञप्तिको पूर्णपाठ….

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार