राजनीति
सत्तारुढ दल नेकपाका नेता तथा निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश दिपक कुमार दाहालको इज”लाशले यसअघिको १० दिन हि’रासतमा रहेका म’हरालाई थप तीन दिन हि”रासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
मह’रा गत असोज १९ गते संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि ब’लात्का’रको प्रयास गरेको अभियोगमा पक्राउ गरेका थिए । अदालत खुलेसँगै म’हरालाई प्रहरीले मंगलबार बिहान मह’रालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो ।
शाहीले आफूमाथि ब’लात्का’र प्रयास भएको भन्दै महानगरीय प्रहरी वृत्त वानेश्वरमा कि’टानी जाहेरी गरेपछि प्रहरीले म’हरालाई बालुवाटारस्थित सभामुख निवासबाटै असोज १९ गते प’क्राउ गरेको थियो ।
त्यसयता प्रहरी हिरासतमा रहेका उनलाई अदालत खुलेसँगै मंगलबार उपस्थित गराइएको हो । म्याद थप गरी अदालत परिसरबाट बाहिर निस्कँदै गर्दा महराको चेहेरा हँसिलो देखिन्थ्यो ।
महराले असोज १२ गते रोशनीमाथि ब’लात्’कार गरेको भन्दै हाम्रा कुरा डटकमले असोज १४ गते खुलासा गरेको थियो । सो खुलासापछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । अहिले महराको सांसद पद समेत नि’लम्बनमा परेको छ । स्वास्थ्यमा खराबी देखिएपछि महरा हाल राजधानीस्थि नर्भिक अस्पतालमा उपचाररत छन् ।