logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेकपा केन्द्रिय नेता ‘बिरजङ्ग’ सहित २१ जना गिरफ्तार


  • राजनीति
  • बिहिबार, असोज ३० २०७६

नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य चन्द्र बहादुर चन्द ‘बिरजङ्ग’ सहित २१ नेता कार्यकर्ता गिरफ्तार भएकाछन । दाङको बिकट क्षेत्र बाट गिरफ्तार परेका उनिहरुलाइ जिल्ला सदमुकाम लगेको हुन सक्ने नेकपा स्रोतले जनाएको छ ।

नेकपाको ब्युरो स्तरको शान्तिपुर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेर नेता कार्यकर्तालाइ गिरफ्तार गरेको भन्दै नेकपा एक नेताले आक्रोस व्यक्त गरेकाछन ।

केन्द्रिय नेता बिरजङ सहित अर्का नेता सुवास र युवाका केन्द्रिय अध्यक्ष समेत गिरफ्तार भएको नेकपाले स्रोतले जनाएको छ ।

गएराति २ बजेतीर दाङ जिल्लाको राजपुर गाउँपालिकाको वडा नम्बर ४ मा रहेको जंगलबाट पक्राउ गरिएको दाङ प्रहरीका प्रवक्ता बिनोद बिक्रम शाहले मिडियालाइ बताएका छन ।

प्रवक्ता शाहका अनुसार पक्राउ परेकाहरूलाई सदरमुकाम ल्याइदैं गरेको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार