संसद सचिवालयकी कर्मचारीलाई बला’त्कार गर्न खोजेको र नमान्दा कु’टपि’ट गरेको आरोप लागेका निवर्तमान सभा’मुख कृष्ण’बहादुर महराले घटनाबारे बयान आनाकानी गरेका छन्।
पक्राउपछि उनलाई प्रहरीले प्रारम्भिक सोधपुछ गरेपनि सरकारी वकिलको उपस्थितिमा थप बयान दिन भने मानेका छैनन्। बरू स्वास्थ्यका कारण अहिले बयान दिन नसक्ने चिठी अस्पतालबाट प्रहरीलाई दिन लगाएका छन्।
अस्पतालबाट त्यस्तो पत्र आएको काठमाडौं प्रहरी प्रमुख उत्तम सुवेदीले पुष्टि गरे।
शरिरमा सुगरको मात्रा,अनिद्रा र तनाव बढेको नर्भिक अस्पतालले जनाएको थियो। असोज १९ गते पक्राउ परेका उनी २३ गते देखि नर्भिकको क्याविनमा बसिरहेका छन्। अनुसन्धानको म्याद थप्न जाँदामात्र मंगलबार उनी अदालतमा दिनभर बसेका थिए। त्यसपछि फेरि उनी अस्पतालमै बसेका छन्।