राजनीति
मध्य रातमा दाङ जिल्लाको राजपुर गाउँपालिकाको वडा नम्बर ४ बाट गिरफ्तारीमा परेका नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय नेताहरु के कसरी रहेका थिए भन्ने जिज्ञासा सर्वत्र देखिन्छ । नेकपा स्रोतकै अनुसार सेन्ट्री सगको कम्युनिकेशन तालमेलको अभावमा उक्त गिरफ्तारी हुन पुगेको भन्नेछ ।
बिद्रोही नेकपाका पोलिट्ब्युरो सदस्य तथा पार्टीका महासचिव विप्लवका सहोदर दाइ चन्द्र बहादुर चन्द ‘बीरजङ्ग’ को गिरफ्तारीले नेकपालाइ केहि असहज पक्कै भएको छ । तर विप्लव यति डाइनामिक छन की हरेक उपल्लो तहका नेताको गिरफ्तारी लगतै आफ्ना काम कामकारबाहीमा हेरफेर गरिहाल्छन । यधपी गत हप्ता २१ जना नेता कार्यकर्ता गिरफ्तार भएका बीरजङ्गको अभाव निक्कै खड्किने स्वत: देखिन्छ ।
दाङको बिकट क्षेत्र बाट गिरफ्तार परेका उनिहरुलाइ जिल्ला सदमुकाममा राखिएको छ ।
नेकपाको ब्युरो स्तरको शान्तिपुर्ण बैठकमा प्रहरीले हस्तक्षेप गरेर नेता कार्यकर्तालाइ गिरफ्तार गरेको भन्दै नेकपा भित्र भित्रै आगो भएको छ ।
केन्द्रिय नेता बीरजङ्ग र सुवास र युवाका केन्द्रिय अध्यक्ष समेत गिरफ्तार भएका हुन ।