logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

कास्की २ को प्रतिनिधिसभामा रजनी साझा पार्टीबाट सांसदको उम्मेदवार, को हुन केसी ?


  • आश तमु
  • बुधबार, कार्तिक ६ २०७६

पोखरा- साझा पार्टी कास्कीले रजनी केसीलाई कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार घोषना गरेको छ छ । गएको भदौ अन्तिममा नेपाली काँग्रेस परित्याग गरि साझा पार्टी प्रबेश गरेकी केसीलाई आज पत्रकार सम्मेलन गर्दै उमेद्वार घोषणा गरेको हो। मंगलबार पोखरामा सम्पन्न साझा पार्टीको केन्द्रीय बैठकले केसीलाई सांसद उम्मेदवारको टिकट दिने निर्णय गरेको थियो ।
पत्रकार सम्मेलनमा साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले कास्कीको निर्वाचनलाइ निकै ठूलो महत्वका साथ लिईएको बताए । ‘

निर्वाचन आयोगले तोकेकै खर्चमा चुनाव सक्ने दावी गर्दै उनले चुनाव लड्ने खर्च केन्द्रिय समितिले नब्यहोर्ने बताए ।

उम्मेदवार केसीले चुनाव आफैले जित्ने दावी गरिन् । केसी लामो समय नेपाली काँग्रेसको सक्रिय राजनीतिमा लागेर २ महिनाअघि साझा पार्टी प्रबेश गरेकी हुन् । गएको चुनावमा यो क्षेत्रबाट विवेकशिल साझाले समानुपातिक तर्फ २ हजार ७ सय ६८ मत पाएको थियो भने प्रत्यक्षतर्फका उम्मेदवार श्रीकृष्ण श्रेष्ठले ८ सय ४३ मत ल्याएका थिए । काँग्रेसको राजनीतिमा लामो समय विताएका कारण आगामी चुनावमा काँग्रेसको मत केसीले काट्न सक्ने धेरैको आकलन छ ।

 

कास्की क्षेत्र नं २, साझा पार्टीको उम्मेदवार रजनी केसी लामो समयदेखि समाज रूपान्तरणका लागि सामाजिक, धार्मिक र राजनीतिक रूपमा लागि परेको एक जना अभियान कर्ता हुन। उनले सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नेपाल परिवार नियोजन सङ्घ लगायत विभिन्न सङ्घ, संस्थाहरुमा नेतृत्वदायी जिम्मेवारी सम्हाल्नुका साथै लामो समय विभिन्न तह र तप्कामा रहेर राजनीतिक अनुभव बटुलेकी छन्। गत वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजीनामा दिएर उनी साझा पार्टी निर्माणको अभियानमा संलग्न भएकी थिइन। उनले जनसङ्ख्या, लैङ्गिक अध्ययन तथा विकासमा स्नातकोत्तर गरेकी छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार