logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

२७ जना मा’ओ’वादी कार्यकर्ताको वि’भ’त्स गौ’र ह’त्या’का’ण्ड : उपेन्द्र यादव पनि तानिने !


  • राजनिती न्युज डेस्क
  • बिहिबार, कार्तिक ७ २०७६

पोखरा- धमाधम ‘पावरफुल’ व्यक्तिहरु पक्राउ पर्न थालेपछि अन्य नेताहरुसमेत त्रसित भएका छन् । प्रहरीले विगतका राजनीतिक आवरणमा छोपिएका अ’पराध खोतल्ने डरले उनीहरु डराएका हुन् ।

गृ’हमन्त्रीका भाइदेखि सभा’मुख कृ’ष्णबहादुर म’हरासम्म प्रहरी फन्दामा परिसकेका छन् । यसले अपराधमा संलग्न अन्य नेताहरुलाई पनि त्रसित बनाएको हो । विगतमा चलखेल र दबाबका भरमा लुकाइएका धेरै घटनाहरुको फाइल पल्टाउने प्रहरीको तयारी छ ।

रौ’तहटको १२ बर्षअघिको घटनामा कांग्रेस सांसद मो’हम्मद अ’फ्ताव आ’लम पक्राउ परेपछि रौ’तहटकै अन्य पुराना घटनाको अनुसन्धानको दबाब प्रहरीमाथि परेको छ ।

यसरी पुराना घटनाको अनुसन्धान भएमा सरकारका उपप्रधानमन्त्रीकै पद खुस्कने निश्चित छ । हाल स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री उपेन्द्र यादवविरु’द्धको जाहेरी जिल्ला अदालत रौ’तहटमै १३ वर्षदेखि विचाराधीन छ ।

७ चैत २०६३ मा गौ’र न’रसं’हार भएको थियो । जसमा २७ जना मा’ओवा’दी कार्यकर्ताको वि’भ’त्स ह’त्या भएको थियो । मा’ओ’वादी कार्यकर्ताहरुलाई ल’खेटी ल’खटी बि’भ’त्स ढंगले ह’त्या भएको थियो । त्यो घटनामा तत्कालीन मधेसी जनअधिकार फोरमका नेता यादबविरुद्ध मृ’तकका परिवारले उजुरी दिएका थिए । तर, अहिलेसम्म सो घटनाको अनुसन्धान प्रहरीले गरेको छैन । आ’लमलाई पक्राउ गरेपछि यादवलाई पनि पक्राउ गरी कारबाही गर्न गौर ह’त्याका’ण्डका पी’डितहरु प्रहरीमा जान थालेको स्रोत बताउँछ । तराईमा मा’ओ’वादी’लाई भगाएर आफ्नो राजनीति स्थापित गराउन उपेन्द्र यादबको निर्देशनमा गौ’र ह’त्या’का’ण्ड भएको थियो ।

पी’डितहरुले दबाब दिएमा यादवलाई पक्राउ गर्न प्रहरी बाध्य हुने अवस्था छ । स्रोतका अनुसार आ’लममाथिको अनुसन्धान सकिए लगत्तै सो घटनाको अनुसन्धान समेत सुरु गर्ने प्रहरी तयारी छ । जसमा उपेन्द्र यादवलगायत तत्कालीन फोरमका धेरै नेता पक्राउ पर्ने निश्चित छ । (दृष्टिबाट)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार