logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

नेकपाद्धारा पोखरा लगाएत देशका विभिन्न भागमा प्रधानमन्त्री ओलीको पु’त्ला द’हन


  • राजनिती न्युज डेस्क
  • बिहिबार, कार्तिक ७ २०७६

पोखरा-असोज २० गते दाङबाट कमाण्ड ईन्चार्ज चन्द्र बहादुर चन्द बीरजंग, केन्द्रीय सदस्य सुभाष सहित २१ नेता कार्यकर्ताको गिराफ्तारी विरुद्ध घोषित सघर्षका कार्यक्रम अन्तर्गत आज देशका विभिन्न भागमा कोण सभा गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको पु’त्ला द’हन गरिएको सो पार्टीले जनाएको छ ।

गत फागुण २८ मा प्रतिवन्ध पछि हाल सम्म करीब एक हजार बढी नेता कार्यकर्ता गिराफ्तार भईसकेको बताईएको छ ।

आज पोखराको २८ पुलचोकमा पनि जनसभा तथा पु’त्ला दह’न गरेको नेकपा स्रोतले बताएको छ।
यस्तै काठमाण्डौको ,ललितपुरको लुभु लगाएत देश भिभिन्न स्थानमा मा प्रधानमन्त्री ओलीको पु’त्ला’ द’हन भएको बताईएको छ । यसै गरी दाङको विभिन्न ठाँउमा कोण सभा र पु’त्ला द’हन भएको बताईएको छ ।

यसै गरी कालिकोट , जाजरकोट , रोल्पा, रुकुम लगायत देशका अधिकाश जिल्लामा विरोधका घोषित कार्यक्रम गरिएको पार्टी निकट स्रोतले जनाएको छ ।

घोषित संघर्षका कार्यक्रम अनुसार आगामी कार्तिक १७ गते एक घण्टा चक्काजाम गर्ने कार्यक्रम रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार