राजनीति
पोखरा – आउँदो मंसिर १४ गते कास्की २ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी नेकपामा विद्या भट्टराईलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ।
तत्कालीन मन्त्री र’वीन्द्र अधि’कारीको नि’धनपछि रिक्त ठाउँमा उनकै जीवनसाथी विद्यालाई उम्मेदवार बनाउन जिल्ला कमिटीले पार्टी केन्द्रलाई सिफारिस गरेको हो।
नेकपा कास्कीको शुक्रबार बसेको बैठकले भट्टराईको मात्रै नाम सिफारिस गरेको हो। पार्टी जिल्ला कमिटीले विद्याको नाम सर्वसम्मत अनुमोदन गरेको जिल्ला इन्चार्ज राजकाजी गुरुङ करणले बताए।
मन्त्री अ’धिका’रीको २०७५ फागुन १५ गते ता’प्ले’जुङमा हेलि’कोप्टर दु’र्घटनामा नि’धन भएको थियो। नेकपाबाट पहिला वामदेव गौतमको नाम चर्चामा रहे पनि उनले आफू उम्मेदवार नहुने घोषणा गरेका थिए।
यसअघि बुधबार मात्रै साझा पार्टीले रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय सार्वजनिक गरेको थियो। नेपाली कांग्रेस कास्कीले भने १६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ। त्यसमा पहिला रवीन्द्रसँग प्रतिस्पर्धा गरेका देवराज चालिसेको नाम पनि छ।