logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

सुष्मा स्वराजको नेपाल भ्रमण विस्तारवादी नीति नयाँ ढंगले लागू गर्न हो – मोहनविक्रम सिंह

नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता विरुद्ध भारत रहेको


  • राजनीति
  • शुक्रबार, माघ १९ २०७४

काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले आफ्ना विस्तारवादी नीतिहरुलाई नयाँ प्रकारले लागू गर्न भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाल भ्रमण गरेको टिप्पणी गरेका छन् । सुष्मा नेपाल आइपुगेकै दिन सिंहले एक विज्ञप्ति जारी गर्दै भ्रमणबारे धारणा सार्वजनिक गरेका हुन् ।

भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणलाई पार्टीले गम्भीर राजनीतिक अर्थमा लिएको उल्लेख गर्दै उनले भनेका छन्, ‘नेपालमा वाम पक्षधर शक्तिहरुको विजय र ने.का. पक्षको पराजयका सन्दर्भमा नयाँ सरकारद्वारा नेपाल प्रतिका आफ्ना विस्तारवादी नीतिहरुलाई नयाँ प्रकारले लागू गर्न वातावरण तयार पार्न नै भारतीय विदेशमन्त्रीको नेपाल यात्रा भएको हो भन्ने कुरा प्रष्ट छ ।’  सिंहले विज्ञप्तिमार्फत नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता विरुद्ध भारत रहेको र नेपालको कुनै पनि सरकार वा राजनीतिक पक्षले यसलाई साथ दिन नहुने सुझाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार