राजनीति
सरकारले प्रतिबन्धित गरेको नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले केन्द्रिय नेता तथा पश्चिम कमान्ड इन्चार्ज चन्द्र बहादुर चन्द बीरजङ्ग लगायतको गिरफ्तारीको विरोधमा आज मुलुकभर मसाल जुलुस प्रदर्शन गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीले शुक्रबार साँझ काठमाडौंको सोह्रखुट्टे, गोङ्गबु चोक, भक्तपुर, ललितपुर, झापा, जनकपुर, चितवन, नवलपसारी, बुटवल, दाङ, बाँके, कैलाली, कञ्चनपुर, अछामलगायत देशभर मसाल जुलुस प्रदर्शन गरेको छ । असोज ३० गते गिरफ्तार भएका पार्टीका मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’, केन्द्रीय सदस्य सुवाससहित २१ जना र अन्य नेता–कार्यकर्ताको गिरफ्तारीको विरोधमा उक्त कार्यक्रम गरेको नेकपाले जनाएको छ । एकीकृतका जनक्रान्ती जिन्दावाद, दलाल सत्ता मुर्दावाद र आदेश देउ विप्लव दाइ बदला लिन तयार छौ जस्ता नारा लागेका थिए ।
देशका सबै जिल्लाहरूमा अहिले साझ मसाल जुलुस निकालेको नेकपाले जनाएको छ । सरकारी सुरक्षालाइ चुनौती छिचोल्दै नेकपाले राजधानीका चोकहरुमा समेत प्रदर्सन गरेको बताएको छ ।
सरकारले राजनीतिक गतिविधिलाई प्रतिबन्ध लगाएपछि नेकपाका नेता कार्यकर्ता गिरफ्तारी र धरपकडलाइ बढी जोड दिएको छ ।
सरकारले चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आराधिक समुहको रुपमा परिभाषित गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यसपछी नेकपाका स्थायी समिती सदस्य तथा मध्य कमान्ड इन्चार्ज सहित १००० को हाराहारीमा नेता कार्यकर्ता जेल र हिरासतमा रहेकाछन ।