logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रधानमन्त्रीको मृगौलाले काम गर्न छोड्दै , पुन प्रत्यारोपण के होला ?


  • पत्रपत्रिका
  • आइतबार, कार्तिक १७ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सिकिस्त नभएको तर मिर्गौलाले राम्ररी काम नगरेको जानकारी गराएका छन् । ‘नियमित डायलाइसिस या मिर्गौला प्रत्यारोपण के गर्ने भन्नेबारे मेरासामु दुईटा विकल्प मात्रै छन्,’ सत्तारुढ नेकपाको शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘के गर्ने भन्नेबारे रिपोर्ट हेरिसकेपछि मात्रै भन्न सकिने अवस्था छ । फेरि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन पनि सक्छ, हेरौं ।’

मंसिर १४ मा हुने उपनिर्वाचनको उम्मेदवारबारे छलफल गर्न बोलाइएको बैठक प्रधानमन्त्रीको स्वास्थ्य स्थितिमै केन्द्रित भयो । ‘छिनछिनमै असजिलो भएपछि डायलाइसिस गरियो, आज या भोलि फेरि अर्को डायलाइसिस गर्नुपर्नेछ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो,‘तर म एकदमै सिकिस्त छैन ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार