logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

सत्तारुढ नेकपाको जिल्ला कार्यालयमा तालाबन्दी, ढकाललाइ स्वीकार नगर्ने चेतावनी


  • राजनीति
  • सोमबार, कार्तिक १८ २०७६

उप निर्वाचनको सरगर्मी बढे संगै सत्तारूढ नेकपा भित्र  तल्ला कमिटीका बिवादहरु बाहिरिन थालेकाछन ।  त्यसैको पछिल्लो उदाहरण बन्न पुगेको छ भक्तपुर । भक्तपुर प्रदेशसभा क्षेत्र नम्बर १(क) मा उम्मेदवारीको विषयमा नेकपाभित्र विवाद देखिएको छ ।

नेकपा सचिवालय बैठकले आइतबार देवीप्रसाद ढकाल (डीपी)लाई उम्मेदवार बनाउने निर्णयसँगै विवाद देखिएको हो ।

निर्णयको विरोधमा सोमबार चागुनारायणका नेकपाका कार्यकर्ताहरुले जिल्लास्थित पार्टी कार्यालयमा तालाबन्दी गरेसँगै विवाद सतहमा आएको हो ।

असन्तुष्ट रहेका नेकपाका कार्यकर्ताले केहीबेर नारा जुलुस समेत गरेका थिए ।

२०७४ सालमा सम्पन्न प्रदेश सभाको निर्वाचनमा पनि ढकाल उम्मेदवार रहेका थिए । उनी हाल नेकपा भक्तपुर जिल्ला कमिटीका सचिव हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार