logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

प्रदेश प्रमुखमा माधव नेपालका एकजना पनि नपरे पछी रुष्ट,बीचैमा उठेर हिँडे नेपाल


  • राजनिती न्युज डेस्क
  • सोमबार, कार्तिक १८ २०७६

पोखरा- सातवटा प्रदेश प्रमुखका नाम एकलौटी सिफारिस गरेको भन्दैनेकपाका वरिष्ठ नेता माधव नेपालले असन्तुष्टि जनाएका छन् । सोमबार बसेको नेकपा सचिवालय बैठकमा अध्यक्षद्धयले सिफारिस गरेका नाम एकपक्षीय भएको भन्दै नेता नेपालले असहमति जनाएका हुन् ।

नेता नेपालले आफ्नो तर्फबाट सिफारिस गरेका कुनै पनि नाम प्रदेश प्रमुखमा नपरेको भन्दै उनी सचिवालय बैठक चलिरहँदा बीचैमा उठेर हिँडेका थिए । नेता नेपालले विश्वकान्त मैनाली, रघुजी पन्त, बेदुराम भुसाल, श्रीमाया थकालीको नाम अघि सारेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार