राजनीति
पोखरा- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले प्रदेश प्रमुखहरुलाई हटाउने निर्णय गलत रहेको र त्यसलाई नसच्याउने हो भने कांग्रेस आन्दोलनमा उत्रने बताएका छन् । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका १ मा रहेको वाघभैरव माध्यमिक विद्यालयको नयाँ भवन उद्घाटन कार्यक्रममा सहभागी हुन आएका देउवाले सरकारले गरेको निर्णय फिर्ता गर्न बाध्य पार्ने गरेर आन्दोलन गर्ने उनले चेतावनी दिए ।
‘प्रधानमन्त्री ओलीसँग भेटघाटमा प्रदेश प्रमुखहरु यथावत राख्ने बचन दिनु भएको थियो तर एक्कासी हटाउने निर्णय गर्नुभएछ’,देउवाले भने ‘यो गलत कामको विरुद्ध हामी भण्डाफोर गछौं ।’
वर्तमान सरकारले धेरै गलत काम गरिरहेको देउवाको भनाई थियो ।
एसियाली विकास बैंकको साढे नौ करोढ रुपियाँको लागतमा निर्माण भएको विद्यालय भवनको उद्घाटनमा पुर्व प्रधानमन्त्री समेत रहेको देउवाले एसियाली विकास बैंकले नेपालको विकासमा धेरै सहयोग गरेको बताए ।