logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

बाबुको खुट्टा समातेर रोए दुवै छोरा,इजलासमै भक्कानिए महरा


  • राजनिती न्युज डेस्क
  • मंगलबार, कार्तिक १९ २०७६

पोखरा- निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जब’र्ज’स्ती क’रणी उद्योगको अभियोगमा जेल चलान गरिएको छ ।

काठमाडौं जिल्ला अदालतले महरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनलाई सोमबार अपराह्न डिल्लीबजार कारागार चलान गरिएको हो ।

जिल्ला अदालतमा आइतबार र सोमबार भएको थुनछेक बहसपछि न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थुनामा पठाउने आदेश दिएको हो ।

संसद सचिवालयकी कर्मचारी रो’शनी शा’हीलाई ब’ला’त्कार प्रयासको आरोप लागेपछि गएको असोज १९ गते पक्राउ परेका महरा प्रहरी हिरासतमा बस्नुपर्ने अवधिभर भने नर्भिक अस्पतालमा बस्दै आएका थिए ।

अदालतले सोमबार अपराह्न पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएलगत्तै भने उनी इजलासमै भावुक बन्दै भक्कानिएका थिए । उनका दुवै छोरा पनि बाबुको खुट्टा समातेर रोएका थिए ।

यसअघि, सोमबार महराको पक्षमा रमन श्रेष्ठ, शेरबहादुर केसी, सविता भण्डारी र कृष्णप्रसाद सापकोटाले बहस गरेका थिए ।

इजलासमा महराको पक्षमा बहस चलिरहेका बेला पीडित भनिएकी महिला रो’शनी शा’ही आफूले पनि अदालतमा धारणा राख्न पाउनुपर्ने भन्दै इजलासमा पुगेकी थिइन् ।

न्यायाधीशले रो’शनीलाई बोल्न नदिएपछि उनी महराका सहयोगीहरुको गाडीमा चढेर फर्किएकी थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार