पोखरा- बुटवलमा प्रदेशस्तरीय सुरक्षा समितिको बैठक जारी छ।तर, बैठक चलिरहेकै स्थान बुटवलमा रातारात प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले पोस्टरहरू टाँसेपछि सुरक्षा निकायलाई टाउको दुखाईको विषय बनेको छ ।
बैठकमा गृहमन्त्री रामबहादुर थापा, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, गृहसचिव प्रेमकुमार राई, सुरक्षा निकायका प्रमुखहरू, प्रमुख जिल्ला अधिकारीहरू सहभागी छन् ।
दुई दिने बैठकमा उपनिर्वाचनको सुरक्षा, प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको दबदबा, तराईमा बढ्दो अपराध र सुरक्षा चुनौतिका बारेमा समीक्षा र आगामी कार्ययोजनाबारे छलफल चलिरहेको छ।
सोमबार राति मिलनचोकमा टाँसेका पोस्टरहरू प्रहरीले मंगलबार हटाएको छ ।