logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

चिकित्सा शिक्षाको मनपरि विरुद्ध विप्लव पुत्र सडकमा, चौतर्फी तारिफ र हौसला


  • राजनीति
  • बुधबार, कार्तिक २० २०७६

सरकार द्धारा  प्रतिबन्धित पार्टी नेत्र विक्रम चन्द ‘विप्लव’को पुत्र प्रकाश चन्दको नेतृत्वमा रहेको चिकित्सा शिक्षा संघर्ष समितिले मुलुकको राजधानी काठमाडौको माइतीघरमा प्रदर्शन भएकाे छ ।

कसैले छुनै नसक्ने गरी मनपरि चलिरहेको मेडिकल शिक्षामा भएको पछिल्ला नमुना योग्य संघर्षले यति बेला देश ब्यापी माहोल बनाइरहेको छ । यो क्षेत्रमा भएको यो आन्दोलनलाइ पुर्व बिद्यार्थी नेता, लेखक बुद्धिजीवी,कलाकार ,सर्वसाधारण समेतले सामाजिक सन्जाल मार्फत सलाम गरेका छन ।

चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरुले मेडिकल कलेजहरुले असुल्दै आएको अतिरिक्त शुल्क तत्काल फिर्ता गर्न जोडदार माग गरेकाछन।

उनीहरुले विद्यार्थीमाथिको दमन बन्द गर, मेडिकल माफिया मुर्दावाद, प्रगतिशील विद्यार्थी एक होऔं लगायत नारा लेखिएको ब्यानरसहित प्रदर्शन गरेका थिए । उनीहरुले मेडिकल कलेजहरुले मनपरी शुल्क असुल्दा पनि राज्य मौन भएको भन्दै सरकारको कडा आलोचना समेत गरेका थिए ।

प्रदर्शनका क्रममा अभियानका संयोजक प्रकाश चन्दले बढी असुलिएको शुल्क फिर्तालगायतका आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताए । उनको नेतृत्वमा मेडिकल क्षेत्रमा भएको बेथितिविरुद्ध केही समययता आन्दोलन हुँदै आएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार