पोखरा- कास्की जिल्ला क्षेत्र नं। २ मा आउदो मंसिर १४ गते हुन गईरहेको प्रतिनीधिसभा सदस्यको उपनिर्वाचनमा समाजवादी पार्टीका तर्फबाट ई।धर्मराज गुरुङलाई उम्मेदवार बनाएको छ ।
ई।धर्मराज गुरुङले पत्रकार सम्मेलनमा नेताहरुले माग्ने देश बनाएको भन्दै देशले राजनीतिक विकल्प खोजिरहेको भनाइ राखेका छन । उनले यसको विकल्प समाजवादी पार्टी नै बन्न र, मुलुक निर्माण गर्ने नेता हामी नै बताएका छन। जनप्रतिनिधी वा नेताहरु जागिरे बन्ने होइन, सेवक बन्नुपर्दछ, मुलुकलाई समृद्ध बनाउन योजना र सिस्टमको निर्माणको लागि आफ्नो उम्मेद्बारी रहेको मंगलबार आयोजित उम्मेद्बारी परिचय कार्यक्रममा उनले भने।
को हुन गुरुङ ?
गुरुङ ५ मार्च, १९४८ मा कास्कीको वडा नं।१६ अर्मलामा जन्मिनु भएको हो । वहाँसङ्ग ब्रिटिस सेनामा २४ वर्ष र संयुक्त राष्ट्रसंघमा १५ वर्ष काम गरेको अनुभव छ । सानैदेखि राजनीतिमा रुचि राख्ने गुरुङ सन २०१० मा संयुक्त राष्ट्रसंघबाट सेवानिवृत्त भएपछि समाजवादी पार्टी गण्डकी प्रदेशको सदस्यमा रहेर काम गर्नु भएको थियो ।
१६ बुदे प्रतिवद्धताहरु :
१। सबैलाई समान र सम्मान हुने ऐन, कानुन, नियम बनाउन पहल गर्नेछु।विभेद अन्त्यको प्रयास हुनेछ।
२। सुशासन कायम गर्न भ्रष्टचार, कमिशन, ढिलासुस्ती, कालोबजारीको अन्त्यका लागि पहल गर्नेछु।
३। देश गरिब शासक र सत्ता वरपर रहेकाहरु भुँडी फुलाउने संस्कार अन्त्य गर्ने पहल गर्नेछु।कम्तीमा पञ्चायत कालदेखिका शासक र प्रशासकहरुको सम्पत्ति छानविन गरी अबैध सम्पत्ति कमाउनेलाई कारवाही गर्न गराउन माग गर्दै अबैध सम्पत्ति राष्ट्रियकरण गरी विकासमा लगाउने पहल गर्नेछु।
४। सेवक र जनप्रतिनीधि बन्नेछु, जागिरे होइन।
५। निर्वाचन क्षेत्र विकासका लागि इमान्दारीपूर्वक प्रतिवद्ध रहनेछु।पर्यटन, कृषि, खेलकुद, सँस्कृतिको क्षेत्र बनाउने पहल गर्नेछु।
६। शिक्षा र स्वास्थ्य निशुल्क, युवा रोजगार एवम स्वरोगारको लागि पहल गर्नेछु।
७। टोलटोलमा सडक, घर घरमा विधुत र खानेपानी सुनिश्चितता गर्नेछु।
८। भूपूका समस्याहरु समाधान गर्न, समान पेन्सन, क्स्ड् क्यान्टिन सेवा, सुविधा र अधिकारका लागि अनवरत पहल गरिहनेछु।
९। पर्यावरणीय ⁄ वातावरणीय सन्तुलनका लागि हरित क्षेत्रको अवधारणा अघि बढाउनेछु।
१०। सुकुम्वासी समस्या समाधान, व्यवस्थित बस्ती वसोवासको लागि पहल गर्नेछु।
११। व्यवस्थित बसपार्क, पार्किङ व्यवस्थापनका लागि पहल गर्नेछु ।
१२। संघीयता, सुशासन, समृद्धि, समाजवादप्रति पुर्ण प्रतिवद्ध रहदै मुलुकको समृद्धिमा जुटिरहनेछु।
१३। जाति, वर्ग, समुदायका राजनीतिक, सामाजिक साँस्कृतिक, आर्थिक, धार्मिक, सामुदायिक अधिकार र पहिचान एवम सम्मानका लागि पहल गर्नेछु।
१४। परदेशका अनुभव र लगानी निर्वाचन क्षेत्र विकासका लागि लगाउन प्रयत्न गर्नेछु।गैर आवाशिय नेपालीको अधिकारका लागि आवाज बुलन्द गर्नेछु।
१५। प्रेस स्वतन्त्रता, नागरिक स्वतन्त्रता, मानवअधिकारका लागि सधै प्रतिवद्ध रहदै हनन भएमा आवाज उठाइरहनेछु।
१६। राजनीतिक स्थायित्व र मुलुकको नेतृत्वका लागि प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपतिय व्यवस्थाका लागि पहल गर्नेछु।
निर्वाचन परिचालन समिति संयोजक गिरि प्रसाद गुरुङको अध्यक्षतामा भएको उम्मेद्बारी परिचय कार्यक्रममा स्वागत स्वयं सभाध्यक्षले र संचालन प्रचार प्रसार समिति संयोजक हुम बहादुर गुरुङले गर्नु भएको थियो । कार्यक्रममा केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज गणेशमान गुरुङले बोल्नु भएको थियो ।