logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कास्कीका ३ जना उम्मेदवारको उम्मेदवारी बदर


  • राजनिती न्युज डेस्क
  • शुक्रबार, कार्तिक २२ २०७६

पोखरा- कास्कीका ३ जना उम्मेदवारको उम्मेदवारी बदर भएको छ । २०७४ सालको निर्वाचनमा समानुपातिकतर्फको बन्द सूचीबाट उनीहरुको नाम अझै नहटाएकाले उनीहरुको उम्मेदारी बदर भएको निर्वाचन आयोगले जनाएको छ ।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गजेन्द्र सङ्बो लिम्वु, राष्ट्रिय नागरिक पार्टीका नवराज घले तथा राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जसवन्त बिक्रम शाहको उम्मेदवारी बदर भएको हो ।

लिम्बु, घले र शाहको पनि समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेकाले उनीहरुको उम्मेदवारी बदर भएको निर्वाचन आयोगले जनाएको छ ।

मंसिर १४ गते प्रतिनिधि सभा सदस्य १ तथा प्रदेश सभा सदस्यमा ३ पदसहित ५२ पदका लागि मतदान हुँदैछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार