पोखरा-भारतीय हस्तक्षेप साथै सिमा अतिक्रमणको बिरोध गर्दै आएको बिप्लव नेतृत्वको नेकपाले कास्कीमा कोण सभा गरेको छ ।
महासचिव बिप्लव द्द्वारा जारी गरिएको संघर्षका कार्यक्रम अन्तर्गत आज पोखरा महानगर पालिका ३३ मा कोण सभा गर्दै जनतालाइ रास्ट्रघाती कदमको बिरुद्द आवाज उठाउन जिल्ला सदस्य निशाले आह्वान गरेका छन ।
सभालाइ सम्बोधन गर्दै जिल्ला सदस्य निशाले भन्नुभयो “बर्षौ देखि भारतीयले सिमा अतिक्रमण गरिरहेको छ । महाकाली, लिम्पियाधुरा, लिपुलेक, सुस्ता जस्ता नेपाली भूमि नेपालको नक्सा देखि नै गायब भएका छन । देशका अधिकान्श भु- भाग जुन भारत र नेपालको सिमा बिच पर्दछ त्यो ठाँउमा सिमा बिवाद उस्तै छ । सिमा स्तम्भहरु रातारात हटेका छन् । तर सरकार चुप लाएर बसेको छ । त्यसैले अब जनताहरु अफ्नो सिमा र देशको अखण्डताको रक्षा गर्न एकजुट भएर लागौं ।”
यस्तै केन्द्रिय संघर्षका कार्यक्रम अन्तर्गत कार्तिक २३ गते भारतिय दुतावासमा ज्ञापनपत्र बुझाउने, २४ गते अतिक्रमित भारतिय नक्सा जलाउने, २५ गते बिरोध प्रदर्शन, २६ गते भारतिय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदिको पुत्ला जलाउने, साथै कार्तिक २७ गते सयुत्त राष्ट्रसंघको नेपालस्थित कार्यलयमा बिरोध पत्र दिने जस्ता रहेका छन ।